Like Us On Facebook Click Here
स्टार भन्ने फिल्मको सुटिङमा ब्यस्त रहेका कारण सुमिना आईतबार साँझ भएको सामुहिक सपथ ग्रहण कार्यक्रममा ढिला उपस्थित हुँदा उनी बैधानिक रुपमा संघको सदस्य हुन पाएकी छैनन् । तसर्थ उनको जितमाथि उम्मेदवारी दिएका अन्य दश सदस्य जो कोहीले पनि दावी विरोध गरेमा उनको पद छिन्न सक्ने प्रवल सम्भावना छ । ढिला उपस्थित भएकी सुमिनाले आफ्नो नामको प्रमाणपत्र भने लिएकी छिन् ।
सदस्यहरुको पङिक्तमा सर्वाधिक धेरै (१७६ ) मत ल्याएर बिजयी भएकी हिरोईन सुमिना घिमिरेको उक्त पद खोसिने सम्भावना देखिएको छ । शनिबार रातिसम्म निर्वाचन प्रक्रिया लम्बिएका कारण नयाँ कार्यसमितिका पदाधिकारीहरुको सपथ ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रम आईतबारका लागि सारिएपछि सुमिना विवाद जन्मिएको हो ।
स्टार भन्ने फिल्मको सुटिङमा ब्यस्त रहेका कारण सुमिना आईतबार साँझ भएको सामुहिक सपथ ग्रहण कार्यक्रममा ढिला उपस्थित हुँदा उनी बैधानिक रुपमा संघको सदस्य हुन पाएकी छैनन् । तसर्थ उनको जितमाथि उम्मेदवारी दिएका अन्य दश सदस्य जो कोहीले पनि दावी विरोध गरेमा उनको पद छिन्न सक्ने प्रवल सम्भावना छ । ढिला उपस्थित भएकी सुमिनाले आफ्नो नामको प्रमाणपत्र भने लिएकी छिन् ।
'आपसी समझदारीमा मिलायो भने मिल्यो तर कसैले दावी विरोध गरेको खण्डमा उनको पद जोगाउने सम्भावना न्यून छ', प्रमुख निर्वाचन आयुक्त राजेन्द्र शलभले एक्सक्लुसिभ प्रतिक्रिया दिदै भने । शनिबार भएको निर्वाचनमा २० जनाको उम्मेदवारी परेको थियो जहाँ दश जनाको हार भएको थियो । सुमिनाको सपथ ग्रहणको बिषयमा दावी विरोध भएको खण्डमा हारेका मध्ये बाँकी दशबाट सवैभन्दा धेरै मत ल्याउने सदस्य संघको कार्यसमितिमा तानिन सक्ने सम्भावना छ । जुन पङिक्तमा सौरभ कार्की ९४ मत ल्याएर अगाडी छन् । FilmyKhabar......