महानयाक राजेश हमालको धर्म बहिनीको निधन भएको छ

Like Us On Facebook Click Here
विगत १९ बर्षदेखि महानायक राजेश हमाललाई धर्म दाई मान्दै आएकी मैना सुचिकारको आज निधन भएको छ । निमोनियाले पिडित अपाङ्ग मैनाको आज दिउँसो १ बजे काठमाण्डौ जोरपाटी स्थित शंकरापुर हस्पिटलमा निधन भएको हो ।
विगत दश दिन देखि अस्पताल भर्ना भएकी मैनाले हरेक बर्षको तिहारमा महानायकसंग भाईटिका लगाउनॆ गरेकी थिईन् । आफूलाई दाई मानेपछि महानायकले पनि मैनालाई बेलाबेलामा सहयोग गर्दै आएका थिए । उनी हरेक जन्मदिन र भाईटिकाको दिन जोरपाटी स्थित खगेन्द्र नवजिवन केन्द्र पुगी मैनालाई भेट्ने गर्थे ।१९ बर्षअघि अपराध भन्ने फिल्मको सुटिङ खगेन्द्र नवजिवन केन्द्रमा हुदा मैनासंग महानायकको भेट थियो जति बेला देखि उनीहरुको सम्बन्ध आत्मीय बनेको हो । तर यो आत्मीय सम्बन्धको अन्तिम दिन हमाल भने बहिनीको दाहसस्कार कार्यक्रममा उपस्थित हुन सकेकनन् । उनी डब्लुडब्लुएफको कार्यक्रमका लागि नेपालगञ्ज पुगेकाले मैनालाई अन्तिम पटक भेट्न नपाएका हुन् । फिमीखबर.....

LinkWithin

Related Posts Plugin for WordPress, Blogger...
© Copyright 2012 Nepalilink4u.com All rights reserved. Designed by Deepak Bastola